झट्ट हेर्दा आकर्षक देखिने मिलेको र सेतो दाँतलाई व्यक्तिको आकर्षणको केन्द्रबिन्दु पनि मानिन्छ । यसले व्यक्तिको व्यक्तित्वमा समेत निखार ल्याउँछ । तर, व्यक्तिपिच्छे दाँतको रंग फरक–फरक हुन्छ । हामीले देखेका छौ कतिपय व्यक्तिको दाँत सेतो हुन्छ भने कतिपयको पहेँलो । आखिर किन यस्तो हुन्छ? अर्थात्, सबै व्यक्तिको दाँतको रङ किन समान हुदैन ? र दाँत सेतो बनाउन के गर्नुपर्छ ? यो अधिकांशको जिज्ञासा हुनसक्छ ।


ADVERTISEMENT


सर्वप्रथम हामीले के बुझ्नुपर्छ भने, व्यक्तिको दाँत, कपाल र आँखाको रङ जन्मदा नै उसको डिएनए (DNA) वशांणुद्धारा नै निर्धारित भएको हुन्छ । अर्थात्, दाँत पहेँलो वा डिसकलर (रंग खुइलिनु) हुनु पछाडिको कारण आणुवंशिक पनि हो । यसबाहेक व्यक्तिको दाँत पहँलो हुनु पछाडिको अन्य कारण भने निम्न रहेका छन्ः
– बढ्दो उमेर
– इनामेल पातलो वा कमजोर हुनु
– कम दन्त हाइजेनिकका कारण
– कफि, वाइन, चियाजस्ता पेय पदार्थको सेवन
– धुम्रपान तथा सुर्तिजन्य पदार्थको सेवन ।


ADVERTISEMENT

# # #


रोकथाम तथा समाधानका उपायः

यदि कुनै पनि व्यक्तिलाई आफ्नो दाँतको रंग खुइलिदै गएको भान भएमा व्यक्तिले दाँतको रङलाई हानि गर्ने कफि, चिया तथा वाइनको मात्रालाई कम गर्नुपर्छ । यसका साथै यी पदार्थको सेवनपछि सकेसम्म ब्रस वा मुख कुल्ला गर्ने बानी बसाल्नुपर्छ । यसैगरि धुम्रपान र सुर्तिजन्य पदार्थबाट टाढा रहनुपर्छ ।

यसका साथै चिकित्सकको सल्लाह अनुसार, व्यक्तिले डिप–क्लिनपनि गराउन सकिन्छ । तर, यसले व्यक्तिको दाँतको संवेदनशिलता लाई बढाउने भएकोले यसको प्रभाव सबै समूहमा समान रुपमा भने देखिदैन ।