काठमाडौँ – तारा एयरले कास्कीको पोखरादेखि मुस्ताङको जोमसोमसम्म गर्दै आएको नियमित उडान स्थगित गरेको छ ।


ADVERTISEMENT


बिहीबार एक सूचना जारी गर्दै तारा एयरले जेठ २० गतेदेखि २७ गतेसम्मका लागि उडान स्थगित गरेको जनाएको हो । विशेष कारण देखाउँदै तारा एयरले पोखरा–जोमसोम–पोखरा उडान नगर्ने जनाएको हो ।


ADVERTISEMENT

# # #


जेठ १५ गते बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरे भिरमा दुर्घटनामा परेको थियो । दुर्घटनामा चालक दलका सदस्यसहित २२ जनाको मृत्यु भएको थियो ।