काठमाण्डौं-इंग्लिश प्रिमियर लिग फुटबलमा लिग लिडर म्यानचेस्टर सिटीले १३ औं खेलसम्म आफ्नो अपराजित यात्रा कायम राख्दै कीर्तिमानी जित दर्ता गरेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा रेलिगेसन जोनमा रहेको वेष्टह्याम युनाइटेडलाई २-१ ले हराउँदै सिटीले अपराजित यात्रा कायम राख्दै कीर्तिमान बनाएको हो ।


ADVERTISEMENT


घरेलु मैदानमा सिटीले पहिलो हाफमा १-० ले पछि परेको स्थिति उल्टाएर जित निकालेको हो । सिटीको जितमा निकोलस ओटामेन्डी र डेभिड सिल्भाले समान एक एक गोल गरे । वेष्ट ह्यामका अन्जेलो ओग्बोन्नाले एक गोल गरे ।


ADVERTISEMENT

# # #


सुरुवाती अग्रता लिएको वेष्ट ह्यामले पहिलो हाफ १-० ले अग्रता लियो । ४४ औं मिनेटमा ओग्बोन्नाले गोल गर्दै वेष्ट ह्यामलाई सुरुवाती अग्रता दिलाएका हुन् । तर, दोस्रो हाफमा आक्रमक देखिएको सिटीले ५७ औं मिनेटमा ओटामेन्डीले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । त्यसपछि खेलको ८३ औं मिनेटमा सिल्भाले गोल गरेपछि सिटीले २–१ को महत्वपूर्ण जित निकाल्यो ।

यो जितसँगै सिटीले लगातार १३ औं खेलमा जित आत्मसात गर्यो । यस्तै सिटीले सबैभन्दा बढी खेल लगातार १३ औं खेल जित्ने किर्तिमानसँग समेत बराबरी गरेको छ। यो जितसँगै सिटीले लिगमा एकै सिजन लगातार धेरै खेल जित्ने कीर्तिमानमा बराबरी गरेको छ ।