काठमाण्डौं-प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचन २१ मङ्सिरमा हुँदैछ । उम्मेदवार बनेका राजनीतिक दलका नेता, कार्यकर्तादेखि राजनीतिक पार्टी नजिक रहेका कलाकाहरू आफ्नो नजिकका उम्मेदवारलाई जिताउन लागिपरेका छन् । देशमा पहिलो पटक हुन लागेको यो ऐतिहासिक निर्वाचनमा कलाकारले पनि मतदाताका रुपमा सहभागी हुँदैछन् । जान्नुहोस् कुन कलाकारले कहाँबाट हाल्दै छन् भोट ।


ADVERTISEMENT


  • हाँस्य कलाकार हरिवंश आचार्य : भक्तपुरको क्षेत्र नम्बर २ बालकोटबाट
  • अभिनेत्री करिष्मा मानन्धर: काठमाडौँ क्षेत्र नम्बर ५ महाराजगञ्जबाट
  • अभिनेत्री केकी अधिकारी : काठमाडौं क्षेत्र नम्बर ३ ज्ञानेश्वरबाट
  • गायिका कोमल वली :दाङको क्षेत्र नम्बर ३ स्थित तुल्सीपुर नगरपालिकाको वडा नं ८ को कुष्ण मन्दिर बुथबाट
  • निर्माता, वितरक र प्रदर्शक प्रदीपकुमार उदय : रूपन्देहीको क्षेत्र नम्बर २ बुटवलबाट । प्रदीप राप्रपा प्रजातान्त्रीका तर्फबाट प्रदेश नम्बर ५ को प्रदेश सदस्यका उम्मेदवार पनि हुन् ।
  • अभिनेत्री स्वेता खड्का :काठमाडौँ क्षेत्र नम्बर ६ को बालाजुबाट
  • अभिनेत्री संचिता लुइटेल : काठमाडौँ क्षेत्र नम्बर २ को बत्तिसपुतलीबाट
  • निर्देशक, निर्माता तथा कलाकार दिनेश डिसी काठमाडौँ क्षेत्र नम्बर ५ को धापासीबाट
  • हाँस्यकलाकार जीतु नेपाल स् काठमाडौँको क्षेत्र नम्बर २ मा पर्ने काठमाडौँ महानगरपालिकाको ३२ वडा वानेश्वरबाट
  • अभिनेत्री वर्षा राउत : महोतरीको क्षेत्र नम्बर १ बर्दिबास बुथबाट
  • गायिका साहिमा श्रेष्ठ : बुटवलबाट भोट हाल्दै छिन् । क्षेत्र नम्बर आफूलाई थाहा नभएको बताइन् ।
  • अभिनेता आर्यन सिग्देल :काठमाडौँ क्षेत्र नम्बर १० को चन्दागिरीबाट
  • हाँस्यकलाकार निर्मल शर्मा ‘गैँडा’ : काठमाडौँ क्षेत्र नम्बर ४ चाबहिलबाट
  • हाँस्यकलाकार शिवशंकर रिजाल : सर्लाहीको क्षेत्र नम्बर ४ बरथवाबाट
  • निर्देशक मदन घिमिरे: भक्तपुरको क्षेत्र नम्बर २ सूर्यविनायकबाट
  • अभिनेत्री सारिका घिमिरे:ललितपुरबाट मतदान गर्दैछिन् । क्षेत्रनम्बर आफूलाई थाहा नभएको बताइन् ।
  • निर्देशक दिनेश राउत: काठमाडौँ क्षेत्र नम्बर १० को चन्दागिरीबाट
  • अभिनेता करण क्रेजी : सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट
  • हाँस्य कलाकार तथा निर्माता दीपकराज गिरी : काठमाडौँ क्षेत्र नम्बर १० चन्द्रागिरीबाट
  • निर्देशक तथा कलाकार मोहन निरौला : काठमाडौँ क्षेत्र नम्बर १ बबरमहलबाट
  • हाँस्यकलाकार किरण केसी : लतिपुरको क्षेत्र नम्बर १ को महादेव स्थानबाट
  • निर्देशक ऋषि लामिछाने: काठमाडौँ क्षेत्र नम्बर ४ को चाबहिलबाट
  • अभिनेत्री सरिता लामिछाने : काठमाडौँ क्षेत्र नम्बर ४ को चाबहिलबाट
  • हाँस्य कलाकार किशोर भण्डारी ‘डिठ्ठा साँप’ : काठमाडौँको क्षेत्र ६ काभ्रेस्थलीबाट
  • गायिका दुर्गा खरेल : झापाको क्षेत्र नम्बर १ बाट
  • अभिनेता तथा निर्माता : कुसल थापा कस्कीबाट क्षेत्र नम्बर थाहा नभएको बताए ।
  • अभिनेता राज घिमिरे : ललितपुर क्षेत्र नम्बर १ को गोदावरीबाट मतदान गर्दैछन् । उनी माओवादी केन्द्रको यो क्षेत्रका समानुपातिक उम्मेदवार पनि हुन् ।

रातोपार्टीको सहयोगबाट


ADVERTISEMENT

# # #