काठमाडौं  – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको जितले सकारात्मक ढंगले जबर्जस्त दबाब दिएको बताएका छन्।


ADVERTISEMENT


काठमाडौं महानगरको मेयरमा लौरो चुनाव चिन्ह पाएका शाह निर्वाचित भएपछि सामाजिक सञ्जालमार्फत शर्माले यस्तो बताएका हुन्।


ADVERTISEMENT

# # #


उनले ‘काठमाडौंका सचेत मतदाताले दिएको सन्देश गहन रुपले आत्मसात गर्न आग्रह गरेका छन्। एक नोट जारी गर्दै शर्माले भनेका छन्, ‘लोकतन्त्रमा जनता जनार्दनको फैसला सर, आँखो पर’

काठमाडौंमा कांग्रेस उम्मेदवार सिर्जना सिंहलाई पराजित गर्दै साह २३ हजार ४२६ मतान्तरले विजयी भएका छन्। बालेनलाई बधाई दिँदै शर्माले भनेका छन्, ‘बालेनलाई दिउँ बधाई, बदलौं आफूलाई१’

शर्माले मतदाताले वैकल्पिक राजनीतिको नारा र दल नरोजेको उल्लेख गरेका छन्। ‘मुख्य दलको शैली र प्रस्तुतिप्रति असन्तुष्ट मतदाताले यद्यपि वैकल्पिक राजनीतिको नारा दल रोजेनन्। अवस्था प्रति रुष्ट मतदाताले व्यवस्था कै विकल्प खोज्न चाहनेलाई खोजेनन्,’ उनले भनेका छन्, ‘नत्र वैकल्पिक राजनीतिको नारा सहितको दल र उम्मेदवारको उपस्थिति मैदानमा थियो अनि व्यवस्थाकै विकल्पको नारा सहितको दल र उम्मेदवार पनि मैलानमा थिए।’