काठमाडौँ– काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) साहको मत ६१ हजार नाघेको छ । बिहीबार अपरान्ह ४ः०० बजेसम्मको अपडेट अनुसार वालेनले ६१ हजार ३९० मत ल्याएका हुन् ।


ADVERTISEMENT


काठमाडौँमा ३२ मध्ये ३० वटा वडाको मत गणना भइसकेको छ भने अब बाँकी रहेका २ वडाको १ हजार भन्दा कम मत मात्रै गन्न बाँकी रहेको छ । अन्तिम मत परिणाम आउनु अघि नै मेयरमा विजयी भइसकेका वालेनले निकटतम प्रतिद्वन्द्वी पाँच दलीय गठबन्धनका तर्फबाट नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई २३ हजार २०३ मतले पछि पारेका छन् ।


ADVERTISEMENT

# # #


दोस्रो स्थानमा रहेकी सिर्जनाले ३८ हजार १८७ मत पाएककी छन् । यस्तै तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३७ हजार ९४४ मत ल्याएका छन् ।

यस्तै उपमेयरतर्फ नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले सुरुवाती अग्रता कायम गर्दै जित सुनिश्ति गरिसकेकी छन् । उनलाई नेकपा एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले पच्छ्याइरहेका छन् ।