काठमाडौं – अमेरिकाको टेक्सस राज्यको एक विद्यालयमा गोली चल्दा एक शिक्षक र कम्तिमा १४ जना विद्यार्थी मारिएका छन् ।


ADVERTISEMENT


सात देखि १० वर्षका बालबालिकाहरू अध्ययन गर्ने एक प्राथमिक विद्यालय (रब एलिमेन्ट्री स्कूल)मा बन्दुकाधारीले गोली चलाउँदा १५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय एजेन्सीहरूले बताएका छन् ।


ADVERTISEMENT

# # #


राज्यका गभर्नर ग्रेग याबटले आक्रमणकारीले पेस्तोल प्रयोग गरेको र राइफलको पनि प्रयोग हुन सक्ने बताएको बीबीसीले उल्लेख गरेको छ ।

आक्रमणकारी १८ वर्षीय ती आक्रमणकारीको पनि मृत्यु भएको बताइएको छ । गभर्नर याबटले सो स्कूल पुग्नुअघि बन्दुकधारीले आफ्नी हजुरआमालाई समेत गोली हानी हत्या गरेको विवरण सार्वजनिक भएको बताएको समेत बीबीसीले उल्लेख गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले मृतकहरूको सम्झनामा तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउन निर्देशन दिएका छन् ।