काठमाडौँ – सरकारले काठमाडौँ उपत्यकामा मेट्रो रेल तथा रसुवागढी–काठमाडौँ रेलमार्गको विस्तृत अध्ययन गर्ने भएको छ ।


ADVERTISEMENT


मंगलबार आगामी आर्थिक वर्षका लागि सकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त योजना सुनाएकी हुन् । यस्तै रसुवागढी–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन र वीरगञ्ज–काठमाडौँ रेलमार्गको विस्तृत अध्ययन समेत गरिने राष्ट्रपतिको भनाई छ ।


ADVERTISEMENT

# # #


उनले भनिन्, ‘रसुवागढी–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन र वीरगञ्ज–काठमाडौँ रेलमार्ग तथा काठमाडौँ उपत्यकामा मेट्रो रेलको विस्तृत अध्ययन गरिनेछ ।’

यस्तै सरकारको नीति तथा कार्यक्रममा राष्ट्रिय गौरवका कालीगण्डकी, कोशी र कर्णाली करिडोरको निर्माण एवम् स्तरोन्नती कार्यलाई निरन्तरता दिइने, कर्णाली करिडोरमा बाँकी ट्रयाक खोलेर आगामी वर्षमा हुम्ला जिल्लालाई राष्ट्रिय सढक सञ्जालमा जोडिने बताइएको छ ।

यस्तै विराटनगर सुख्खा बन्दरगाहसम्म कार्गो रेल सम्पन्न गरिने, पूर्व–पश्चिम विद्युतीय रेलमार्ग आयोजना विकासको पूर्व तयारी गरिने राष्ट्रपति भण्डारीको भनाई छ । यस्तै त्रिभुवन राजमार्ग लगायत प्रमुख राजमार्गमा सुरुङ मार्ग, फ्लाइ ओभर तथा अन्डरपाससहितको आधुनिक सडक सञ्जाल विस्तार गरिने, सिस्ने खोलादेखि नागढुङ्गासम्मको मुख्य सुरुङको निर्माण सम्पन्न गरिने समेत राष्ट्रपति भण्डारीले बताइन् ।

यस्तै हुलाकी राजमार्ग, पुष्पलाल मध्यपहाडी राजमार्ग द्रूत रुपमा सम्पन्न गर्ने, गल्छी–रसुवागढीका सडकलाई २ लेनको सडकका रुपमा स्तरोन्नती गरी कालोपत्रे गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।