काठमाडौँ– सरकारले पाँच डिआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । सोमबार गृह मन्त्रालयमा बसेको बढुवा समूह निर्णयको बैठकले जनपद प्रहरी समूहतर्फका पाँच डिआईजीको एआईजीमा पदोन्नतिका लागि सिफारिस गरेको हो ।


ADVERTISEMENT


बढुवा हुनेमा डिआईजीहरुमा काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी काठमाडौँका उत्तमराज सुवेदी, १ नं प्रदेश प्रहरी कार्यालय विराटनगर, मोरङका अरुण कुमार बि.सी, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, कास्कीका दिवेश लोहनी, नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभाग/कार्य निर्देशनालय नक्साल, काठमाडौँका मुकुन्द राज आचार्य तथा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा, मकवानपुरकी पुजा सिंह रहेका छन् ।


ADVERTISEMENT

# # #


प्रहरीमा एआईजी र आईजीपी विशिष्ट श्रेणीका पद मानिन्छन् ।