एकको मृत्यु, सात घाइते


ADVERTISEMENT


काठमाण्डौं-रौतहटमा फोरम र राजपा नेपालको चुनावी प्रचारप्रसारमा प्रयोग भएको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका सातमध्ये ५ जनाको अवस्था गम्भिर रहेको छ । उनीहरुको वीरगञ्जस्थित नारायणी उप–क्षेत्रीय अस्पतालमा उपचार भइहरेको छ । बाँकी दुई जनाको भने जिल्ला अस्पताल गौरमा उपचार भइरहेको छ ।


ADVERTISEMENT

# # #


वी आर ०१ सीवी ३९३३ नम्बरको गाडी रौतहटको बौधीमाइ नगरपालिका वडा नम्बर ९ मा रहेको भकुवा खोलामा खसेको थियो । उक्त दुर्घटनामा भारत घोडासहन जगिरहाका गोपाल यादवको मृत्यु भएको रौतहटका डिएसपी रामकुमार दानीले हिमालय पोष्टलाई बताए ।

उक्त गाडी रौतहटको पथराबुधराबाट वमकुलतर्फ जाँदै गरेको थियो । फोरम राजपा गठबन्धनका रौतहट निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार किरण साह र प्रदेशसभाका रामकिशोर यादवको चुनावी प्रचारमा उक्त गाडी खटिएको थियो ।