हेटौँडा – मकवानपुरमा बागमती प्रदेशका कांग्रेस सभापति ईन्द्र बानियाँकाे रणनीति सफल भएको छ । उसो त बागमती प्रदेशमासमेत  उनले लिएको रणनीतिले नेपाली कांग्रेसलाई राम्रो फाइदा पुगेको छ ।


ADVERTISEMENT


मकवानपुरमा भने उनको रणनीति निकै नै फाइदामुलक साबित भएको भन्दै नेताहरुले नै बानियाँको मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् ।  गठवन्धन निर्माण गरेर चुनावमा होमिएको कांग्रेसले मकवानपुरमा पहिलो पटक स्थानीय तहमा पनि आफ्नो अग्रता कायम गरेको हो ।


ADVERTISEMENT

# # #


कांग्रेसको संगठन निर्माणमा अहोरात्र खटिएका बानियाँले गठबन्धनमा पनि राम्रो प्रभाव पारे । जसको उदाहरण बानियाँकै  पहलमा कांग्रेसले जिल्लाका १० मध्ये ६ वटा स्थानीय तहको प्रमुखमा नेतृत्व पाउनेगरी गठबन्धन गर्नुलाई लिन सकिन्छ ।  यसैअनुरुप कांग्रेस बकैया, मकवानपुगढी, कैलाश, राक्सिराङ तथा मनहरीमा अध्यक्ष पद प्राप्त गर्न सफल बनेको छ ।

यसैगरी हेटौँडा उपमहानगरपालिका तथा थाहा नगरपालिकाको उममेयर, बागमती गाउँपालिका, भीमफेदी गाउँपालिका उपाध्यक्ष समेत कांग्रेसले हात पारेको छ।

राजनीतिक अंकगणितलाई राम्ररी हिसाब गर्न सक्ने र  जिल्लाभर कांग्रेसको जरो फैलाउने काममासमेत सफलता हाँसिल गरेका बानियाँले गठवन्धनबाटै भएपनि जिल्लाको अधिकांश स्थानीय तहमा प्रमुख या उप्रमुखमा कांग्रेसलाई विजयी बनाएका छन् । कांग्रेस नेतृत्वमा रहेका नेताहरुले पनि अहिले यसको श्रेय बानियाँलाई दिइरहेका छन् ।

मकवानपुरमा कांग्रेसको प्रभाव कम हुँदै गएको बेला बानियाँले संगठनलाई बलियो र ऊर्जाशील बनाउने काम गरे । यसै कामको प्रभावले  बानिया मकवानपुरबाट संसदीय निर्वाचनमा पहिलो जित हाँसिल गर्दै  बागमती प्रदेशका सभापतिका रुपमासमेत उदाएका छन् । बानियाँको उदयसँगै मकवानपुरमा कांग्रेसको प्रभाव बढेको नेताहरु बताउँछन्  ।

नेकपा एमालेको विसारतलाई भत्काउनको लागि बानियाँले रणनीतिक ढंगबाट विभिन्न अन्य दललाई समेत प्रभावमा लिएर काम गर्न सफल भएकोमा उनलाई कांग्रेसका नेताहरुले धन्यवाद तथा बधाई दिइरहेका छन् ।