एलाम – इलामको फाकफोकथुम गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार दीपेन्द्र खनाल अध्यक्ष पदमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार डिकबहादुर थापालाई पराजित गर्दै उनी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् ।


ADVERTISEMENT


विजयी उम्मेदवार खनालले पाँच हजार ३२२ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार थापाले चार हजार ८२१ मत प्राप्त गरेका थिए ।


ADVERTISEMENT

# # #


उपाध्यक्ष पदमा पनि गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार केबी बान्तावालाई पराजित गर्दै एमालेकी उम्मेदवार कल्पना राई विजयी भइन् । राईले पाँच हजार १५८ मत प्राप्त गर्दा बान्तावाले चार हजार १७४ मत प्राप्त गरकी थिइन् ।

योसँगै जिल्लाका नौ पालिकाहरुको अन्तिम नतिजा आइसकेको छ । जिल्लाको सबैभन्दा ठूलो नगरपालिका सूर्योदयको भने अझै मतगणना सम्पन्न भइसकेको छैन ।