काठमाडौँ– बुधवारदेखि सामाजिक सञ्जालमा एक युवतीको यौन शोषणबारे खबरहरु भाइरल भइरहेका छन् । सामाजिक सञ्जाल टिकटकमा एक युवतीले ‘सुसी खान जाने हो’ नामको एकाउन्टबाट आफूमाथि यौन शोषण भएको घटना सार्वजनिक गरेकी थिइन् । उनले २०७१ सालमा भएको ‘मिस ग्लोबल इन्टरनेशनल’ नामक ब्युटी प्याजेन्ट (सुन्दरी प्रतियोगिता)का क्रममा आफूमाथि बलात्कार भएको टिकटकको भिडियोमार्फत खुलाएकी थिइन् ।


ADVERTISEMENT


जसमा उनले त्यसबेला आफूमाथि भएको शोषणबारे पूर्व मिस नेपाल माल्भिका सुब्बालाई पनि जानकारी गराएको भन्दै उनको नाम पनि लिएकी थिइन् । तर, केहि समयपश्चात् नै टिकटकले उनको सो भिडियोहरु डिलिट गरिदियो । तर, आफूले यतिका वर्षसम्म सो पीडालाई आफैमा दबाएर राखेकाले अब चुप नबस्ने भन्दै सो युवतीले आफ्नो इन्स्टाग्रामबाट आफूमाथि भएको यौन शोषण सार्वजनिक गरेकी छन् ।


ADVERTISEMENT

# # #


खास भएको के थियो ?

आफूलाई पीडित बताउने ती युवतीको भिडियोलाई आधार मान्ने हो भने, उनी ‘मिस ग्लोबल’की ‘फर्स्ट रनरअप’ हुन् । ‘फर्स्ट रनरअप’को उपाधि जितेपछि उनलाई त्यसबेला ‘मोडलिङ तथा सिनेमा क्षेत्रमा अगाडि बढाईदिन्छु’ र, विजयीको सेलिब्रेशन गर्ने भन्दै उनलाई आयोजकमध्येको पाण्डे थर भएका व्यक्तिले एभरेष्ट होटलमा बोलाए । र, उनी गइन् पनि । तर, त्यहाँ कोहि पनि नदेखेकाले उनले सो व्यक्तिलाई अन्यको बारेमा सोधेको पनि भिडियोमा उल्लेख गरेकी छन् ।

तर, उक्त व्यक्तिले पार्टी ५/६ बजे शुरु हुने भन्दै उनलाई पर्खन आग्रह गरेको बताइएको छ । युवतीका अनुसार, त्यसपछि उनले लेमोनेड लिइन् । तर, त्यसको केही समयमै आफुलाई रिंगटा लागेकाले घर जान्छु भन्दा सो व्यक्तिले ‘विजेता भएर त्यसो भन्न नसुहाउने’ भएकाले यस्तै होला भनेरै आफुहरुले एउटा रुम बुक गरेको बताए । युवतीलाई ‘त्यहाँ गएर आराम गर्दै गर्न र अन्य आएपछि बोलाउन आउँछु’ भन्दै ती पाण्डेले उनलाई रुममा पठाए । तर, त्यसपछि आफुमा होस नभएको भन्दै युवतीले भनेकी छन्, ‘त्यसपछि मलाई केहि याद भएन । तर, जब जब म कन्सियसमा आएको थिए तब त्यो व्यक्तिले ममाथि करणी गरिरहेको थियो । र, मलाई एकदमै पिडा भइरहेको थियो ’

त्यसपश्चात् आफुलाई झण्डै ४/५ बजेतिर मात्रै पूर्ण होस आएको भन्दै उनले थप भनेकी छन्, ‘म ब्यूझिँदा त्यो व्यक्ति मसंगै निर्वस्त्र सुतिरहेको थियो । ओछ्यानमा रगत लत्पतिएको थियो । अनि जब मैले आफुमाथि भएको हिंसाबारे बोले त्यो यक्तिले ‘तलाई पैसा चाहिएको थियो । त्यहि भएर तैले चाहे अनुरुप नै भएको हो भन्यो । र, उसले मेरो ब्यागमा बीस हजार रुपैँया राखिदिएको थियो । त्यसपछि उनी रुमको बन्द ढोका अगाडि नग्न अवस्थामा उभिएकी आफैँलाई ऐनामा देखेर विक्षिप्त भएकी उनको भनाई छ ।

पाण्डेले युवतीलाई जानेबेलामा कसैलाई नभन्न भन्दै आफुसंग उनको नग्न तस्बिर र भिडियो भएको र कसैलाई बताएमा सो सार्वजनिक गरिदिने धम्की दिएको युवतीले बताएकी छन् । तर, पाण्डेको अत्याचार यतिमै सिमित भएन । पाण्डेले  धम्की दिदै उनीमाथि ६ महिनासम्म जबरजस्ती करणी गरेको उनको भनाई छ । यति मात्र नभई पाण्डेले उनका अन्य साथिहरुसंग पनि युवतीलाई शारीरिक सम्बन्धका लागि बाध्य पारिएको उनले जनाएकी छन् ।

६ महिनापछि भने उनले आफ्ना साथीको सहयोगमा पाण्डेको कन्सल्टेन्सीमै गएर सबै कर्मचारीका अगाडि सो घटनाबारे बताएको उल्लेख गरेकी छन्। ती व्यक्तिले पठाएका म्यासेज र कल रेकर्ड सबैलाई देखाएको पनि उनले बताएकी छन् । आफ्ना साथीले ती सञ्चालकलाई कुटपिट गरेको र उनले राखेको भनेका फोटो र भिडिओ हटाउन लगाएको युवतीले जनाएकी छन् ।

यस्तै, आफूले भोगेको सो पीडा त्यसबेला आफ्ना आइडल रहेकी पूर्व मिस नेपाल सुब्बालाई सुनाउँदा उनले ‘आफ्नो सरोकारको विषय नभएको’ भन्दै फोन काटेको भनेर युवतीले भिडियोमा सुब्बामाथि आक्रोश पनि पोखेको देख्न सकिन्छ । आफूले डिप्रेसनको औषधी सेवन गरेरहेको बताउने युवतीले चिकित्सककले एउटै पीडा लामो समयसम्म मनमा गुम्साएर राख्दा उनी निको हुन नसकेको भनेकाले आफूले सो घटना सार्वजनिक गर्ने निचोड लिएको बताएकी छन् ।

घटनाबारे के भन्छिन् पूर्व मिस नेपाल सुब्बा

सर्वत्र आलोचना पछि पूर्व मिस नेपाल माल्भिका सुब्बाले आफ्नो गल्ती भएको स्वीकार गरेकी छन् । बिहिवार सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत एक पोस्ट सार्वजनिक गर्दै उनले पीडित भनिएकी युवतीले घटनाबारे जानकारी गराउँदा आफूले उनलाई आवश्यक सहयोग नगरेकोप्रति आफैँलाई ग्लानी महसुस भएको बताएकी छन् । उक्त घटना झण्डै ८–९ वर्षअघिको रहेको उनको भनाई छ ।

सामाजिक सञ्जालमा उनले लेखेकी छन्, ‘मलाई विस्तृतमा याद त छैन । तर, तिमीले(पिडित) फोन गरेर शोषकबारे बताएको र मैँले सहयोगका लागि तिम्लाई इन्कार गरेको भने मलाई याद छ । र, मेरो व्यवहार माफी लायक छैनन् । त्यसैले म तिमीबाट माफीको अपेक्षा पनि गर्दिन । तर, म भित्रभित्रै त्यसबेला तिमीलाई मैँले विश्वास गरेर नसुनेको र तिमीलाई सहयोग नगरेकोप्रति भने क्षमाप्रार्थी छु ।’

यस्तै, सुब्बाले अब भने ती युवतीलाई मानसिक पीडाबाट उम्किनका निम्ति आवश्यक सहयोग गर्ने बताउँदै त्यसबेलासम्मका लागि आफू नारीवाद तथा यौन हिंसाका प्लेटफर्महरुबाट टाढै रहने बताएकी छन् । साथै सुब्बाले पीडित युवतीलाई पीडकको नाम नसोध्न आग्रह गर्दै उनलाई आवश्यक सहयोग गरिदिन सबैलाई आग्रह समेत गरेकी छन् ।

 

View this post on Instagram

 

A post shared by Malvika Subba (@malvikasubbaofficial)

प्रहरीद्वारा अनुसन्धान शुरु

युवतीले आफूमाथि भएको शोषण सामाजिक सञ्जालबाट सार्वजनिक गरेपछि प्रहरीले पनि यस घटनामाथि आवश्यक अनुसन्धान शुरु गरेको छ । सामाजिक सञ्जालमार्फत नै जानकारी आएपछि अनुसन्धान शुरु गरिएको नेपाल प्रहरीले जनाएको छ । यद्यपि हालसम्म युवतीले कतै पनि उजुरी दिएको पाइएको छैन ।

के भन्छ कानुन ?

घटना भएको समयमा किशोरीको उमेर १८ वर्षभन्दा कम देखिएको छ । र, मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा २ अनुसार १८ वर्षभन्दा कम उमेरका किशोरीसंग सहमतिमै शारीरिक सम्बन्ध भएको भए पनि त्यसलाई जबरजस्ती करणी मानिने उल्लेख गरेको छ ।

यसका साथै कुनै पनि पीडितले आफूमाथि भएको करणीको उजुरी १ वर्षभित्रै दर्ता गराइसक्नुपर्ने प्रावधान पनि कानुनमा उल्लेख छ ।