काठमाडौं – चौधरी फाउन्डेसनले काठमाडौंको कान्ति बाल अस्पतालमा सारिकादेवी चौधरी आकस्मिक वार्ड स्थापना गरेको छ।


ADVERTISEMENT


फाउन्डेसनले ६० वर्ष पुरानो बाल हस्पिटलमा २५ बेडसहितको आकस्मिक वार्ड स्तरोन्नति गर्न सहयोग गरेको हो।


ADVERTISEMENT

# # #


कान्ति बाल अस्पतालमा ‘इमर्जेन्सी वार्ड’मा १४ वटा मात्रै बेड रहेका थिए। एकै पटक धेरै बच्चा उपचारको लागि आउँदा एउटै बेडमा ३–४ वटा बच्चा राखी उपचार गर्दै आएको थियो। अब भने सरकारी अस्पतालको इमर्जेन्सी सेवा नराम्रो रहेको गुनासो सम्बोधन हुने अस्पतालले विश्वास गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले चौधरी फाउन्डेसनले गरिब जनताको लागि धेरै काम गरेको बताए।