काठमाडौं – स्थानीय तहको निर्वाचनको परिणाम आउनेक्रम जारी रहँदा कांग्रेसले अग्रता कायम गरेको छ। हालसम्म ५२९ पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ।


ADVERTISEMENT


पछिल्लो तथ्यांकअनुसार कांग्रेसले २३६ पालिकामा जित हात पारेको छ। परिणाम घोषणा भएकामध्ये ४४प्रतिशत पालिकामा कांग्रेसले प्रमुख जित हात पारेको छ। त्यस्तै २२० पालिका उपप्रमुख जितेको छ।


ADVERTISEMENT

# # #


२०७४ सालको स्थानीय निर्वाचनमा पहिलो दल बनेको एमाले भने यो निर्वाचनको हालसम्मको परिणाममा दोस्रो स्थानमा खुम्चिएको छ। एमालेले १५० पालिकामा प्रमुख जितेको छ। उपप्रमुखमा भने एमालेले १६१ स्थानमा जित हात पारेका छ।

माओवादी केन्द्रले १०२ स्थानको प्रमुखमा जित हात पारेको छ। उपप्रमुखमा १०६ स्थानमा जित हात पारेको छ।

चौथो दलको रुपमा जनता समाजवादी पार्टी (जसपा) देखिएको छ। जसपाले प्रमुख पदमा १२ स्थानमा जित हात पारेको छ। त्यस्तै एकीकृत समाजवादीले ९, राप्रपाले २, लोसपा १ स्थानमा जित हात पारेका छन्।

नेमकिपाले भक्तपुरमा मात्र जित्न सकेको छ। सीके राउतको जनमत पार्टीले पनि सप्तरीको हनुमान कंकालिनी नगरपाकिलामा जित हासिल गरेको छ। ६ वटामा स्वतन्त्रले जितेका छन्।

परिणाम आउन बाँकी पालिकामा पनि कांग्रेसकै अग्रता बढी छ। ।कांग्रेसले ६९ स्थानमा अग्रता कायम गरेको छ। एमालेले ५३, माओवादी केन्द्रले १६, जसपाले २३ , एकिकृत समाजवादीले ११, लोसपाले ९ र राप्रपाले २ स्थानमा अग्रता लिएका छन्।

महानगरमा भने एमाले पछि परेको छ । ६ महानगरमा काठमाडौमा स्वतन्त्र अगाडी छन्। ललितपुर र विराटनगरमा कांग्रेसले अग्रता कायम गरेको छ। वीरगञ्जमा जसपा र पोखरामा एकिकृत समाजवादी अगाडि हुँदा भरतपुरमा माओवादी केन्द्रले अग्रता कायम गरेको छ।