काठमाडौँ– शङ्खरापुर नगरपालिकाको डा नं ४ वडामा कांग्रेसका वडा अध्यक्षसहित प्यानल विजयी भएको छ । कांग्रेसका सुनाबहादुर तामाङ नेतृत्वको समूह वडामा विजयी भएको हो । वडा नं. ७ मा राप्रपाका विष्णुप्रसाद श्रेष्ठ समूहसहित विजयी भएका छन् । श्रेष्ठ विसं २०७४ को स्थानीय तह निर्वाचनमा पनि वडाअध्यक्ष विजयी भएका हुन् । वडा नं १ एमाले, २ मा काँग्रेस, ३ मा माओवादी, ८ र ९ मा पनि कांग्रेस यसअघि नै निर्वाचित भइसकेका छन् ।


ADVERTISEMENT


अहिलेसम्म नगरपालिकाको सात वटा वडाको मतगणना सकिएको छ । नौ वटा वडा रहेको नगरपालिकाको वडा नं ५ र ६ को अहिले मतगणना भइरहेको छ । आज बेलुकीसम्म अन्तिम परिणाम सार्वजनिक गर्ने निर्वाचन कार्यालयको तयारी छ । यसअघिको निर्वाचनमा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको थियो । सो निर्वाचनमा पाँच वटा वडा पनि एमालेले जितेको थियो । रासस


ADVERTISEMENT

# # #