भरतपुर – भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विजय सुवेदीले सत्तारुढ गठबन्धनकी रेनु दाहाललाई १४ मतले उछिनेका छन् । कडा प्रतिस्पर्धा भइरहेको सो पदमा विजय सुवेदीले ३ हजार ६६७ मत हासिल गर्दा माओवादी केन्द्रकी रेनु दाहालले ३ हजार ६५३ मत पाएकी छन् ।


ADVERTISEMENT


प्रमुख पदमै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार ४१३ मत पाएका छन् । यस्तै, उपप्रमुखमा नेपाली काँग्रेसका चित्रसेन अधिकारीले चार हजार १५० मतसहित फराकिलो अग्रता बनाएका छन् । राप्रपाकी हिमला गुरुङले २ हजार ८८६ मत पाएकी छन् ।


ADVERTISEMENT

# # #