काठमाडौँ– काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै रहेको छ ।


ADVERTISEMENT


नेपाली कांग्रेसबाट प्रमुख पदका उम्मेदवार सिर्जना सिंह र नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई झण्डै दुई गुणा बढि मतले पछि पार्दै शाहले अग्रता कायमै राखेका हुन् ।


ADVERTISEMENT

# # #


हालसम्मको मतअनुसार, स्वतन्त्र उम्मेदवार शाहले ३,५३२ मत प्राप्त गरेका छन् । जबकी स्थापितले १८५६ र सिंहले १,६६८ मत प्राप्त गरेका छन् ।

यस्तै, उपनगर प्रमुखतर्फ शुरुआती गणनादेखि नै अगाडि रहेकी नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलको मतले पनि अग्रता कायम गरेको छ । उनले अन्य प्रतिस्पर्धीभन्दा दुई गुणा बढी मतले अग्र स्थान ओगटेकी छन् ।

हालसम्मको मतअनुसार, डंगोलले ३, १५८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपा (समाजवादी) पार्टीका उम्मेदवार रामेश्वर श्रेष्ठले ९१५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार बििनता मगैयाले ६९२ मत प्राप्त गरेका छन् ।