काठमाण्डौं-निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक सामाग्रीसहित दोश्रो चरणमा निर्वाचन हुने सबै मतदान केन्द्रमा कर्मचारी खटाइसकेको छ ।


ADVERTISEMENT


आज सामाग्री बुझेर १८ गते अर्थात सोमबारसम्ममा प्रत्येक मतदान केन्द्रमा कार्यलय स्थापना गरिसक्ने आयोगले जनाएको छ । मतदानमा खटिने कर्मचारीले मंगलबार र बुधबार मतदाता परिचयपत्र बितरण गर्ने आयोगले जनाएको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै कार्यालयबाटै मतदाता शिक्षा कार्यक्रमपनि सञ्चालन हुने आयोगका प्रवक्ता नबराज ढकालले जानकारी दिए ।

दोस्रो चरणमा निर्वाचन हुने सबै जिल्लामा आबश्यक सम्पुर्ण सामाग्री पुगिसकेकाले कर्मचारी खटिएसंगै निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ ।