काठमाडौं – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा (एमाले)का उमेदवार विजयी भएका छन् ।


ADVERTISEMENT


जिल्ला निर्वाचन अधिकृत रामनारायण साहले बाह्रखरीलाई दिएको जानकारी अनुसार पालिकाको अध्यक्षमा एमालेका मिङमाछिरी शेर्पा विजयी भएका छन् । उनले दुई हजार २८ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चुङबा शेर्पाले एक हजार ६०९ मत पाएका छन् ।


ADVERTISEMENT

# # #


उपाध्यक्षमा एमालेकी टासी ल्हामु शेर्पाले दुई हजार २३ मत ल्याएर विजयी भइन् । निकटतम प्रतिस्पर्धी कांग्रेसकी निर्मला थापामगरले एक हजार ६८२ मत प्राप्त गरिन् ।