काठमाडौँ – काठमाडौँको टोखा नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवारले अग्रता लिएको छ । स्थानीय तहको शुक्रबार सम्पन्न मतदानको आज दुई हजार २५८ मतगणना हुँदा नेकपा (एमाले)का उम्मेदवार प्रकाश अधिकारीले ९३५ मतका साथ अग्रता लिएका छन् ।


ADVERTISEMENT


उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रजनी थापाले ८०१ मत प्राप्त गरेको टोखाका सहायक निर्वाचन अधिकृत अनिल जोशीले जानकारी दिए। यस्तै, उपप्रमुखमा पनि नेकपा (एमाले) कै उम्मेदवार ज्ञानमाया डङ्गोलले अग्रता लिएका छन् । डङ्गोलले ८७५ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार मुरारी तामाङले ८०३ मत प्राप्त गरेको जोशीले बताए ।


ADVERTISEMENT

# # #


यस्तै, माओवादी केन्द्रका प्रमुखका उम्मेदवारले १८५ र माओवादी केन्द्रकै उपप्रमुखको उम्मेदवारले २४१ मत प्राप्त गरेका छन्। कूल ११ वडा रहेको टोखामा वडा नं १ र २ को मतगणना भइरहेको छ । उक्त नगरपालिकाको वडा नं १ मा झोर र २ मा टोखाको बजारक्षेत्र पर्दछ । कूल ३४ हजार ६७६ मतदाता रहेको टोखामा २५ हजार ५६० मत खसेको सहायक निर्वाचन अधिकृत जोशीले बताए ।