काठमाडौँ – मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले पैसा बाँडेको आरोपमा आफूलाई पक्राउ गरेको भनिएको समाचार गलत भएको बताएका छन् ।


ADVERTISEMENT


बिहीबार सामाजिक सञ्जालमा भिडियो राख्दै अन्सारीले नियोजित रुपमा आफ्नो चरित्रहत्या गर्ने प्रयासले पक्राउ परेको भनिएको र उक्त समाचारमा सत्यता नरहेको स्पष्ट पारेका हुन् । प्रहरीले बिहीबार जनकपुरको सीताशरण होटेलबाट अन्सारीलाई नियन्त्रणमा लिएको थियो । यद्दपी अन्सारीले प्रहरीले आफूलाई सुरक्षा दिनका लागि होटेलबाट लिएको बताएका हुन् । .


ADVERTISEMENT

# # #


‘जुन ममाथि नियोजित हिसाबले चरित्रहत्या गर्ने प्रयासबा बाबजुत केही गण्डा जनकपुरको सीताशरण होटेल आएर अभद्र व्यवहार गर्ने प्रयास गरेको, त्यसमा सुरक्षाकर्मी, प्रशासनले सकुशल सुरक्षा दिएर म अहिले काठमाडौँ पुगिसकेको छु ।’ उनले भने, ‘सामाजिक सञ्जालमा र केही मिडियामा मलाई पक्राउ परेको समाचार छ, त्यो अत्यन्त दुःखद र गलत आरोप हो ।’

उनले आफू अहिले काठमाडौँ आइसकेको र आफूमाथि लागेको आरोपको खण्डनका लागि अपरान्ह ३ बजे पत्रकार सम्मेलन गर्न लागेको जानकारी दिएका छन् ।

उनले भने, ‘म अहिले काठमाडौँमा छु, यो सबै गलत र अफवाह हो ।