काठमाडौँ – मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


ADVERTISEMENT


अन्सारीलाई धनुषा प्रहरीले जनकपुरधामस्थित सीतासरण होटेलबाट निर्वाचनका समयमा पैसा बाँडेको अभियोगमा नियन्त्रणमा लिएको हो । अन्सारीलाई नियन्त्रणमा लिएपछि केही युवाहरुले होटल परिसरमा नारावाजी गरेका थिए । २०७५ साल चैतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उहलाई आयोगको अध्यक्षमा नियुक्त गर्नुभएको थियो ।


ADVERTISEMENT

# # #


घटनाको थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।