उदयपुर – उदयपुर जिल्लाको कटारी नगरपालिका–८ टोड्केपानीको खरबारीमा बुधबार बेलुकी घाँस काटेर घर फर्कने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।


ADVERTISEMENT


कटारी इलाका प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा ६८ वर्षीय गङ्गामाया खत्री रहेकी छन् । घाँसको भारी बोकेर बेलुकी ४ बजेतिर फर्कने क्रममा नजिकैको विद्युत् पोलछेउ भएर बाटो काट्न लाग्दा पोलबाट भुइँमा झरेको तारबाट विद्युत् प्रभाह भएकाले उनको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको र कम्बरदेखि मुनिको सम्पूर्ण भाग जलेको थियो ।


ADVERTISEMENT

# # #


कटारीस्थित विद्युत् प्राधिकरण शखा कार्यालयका प्रमुख सन्तोष कार्कीले पोलमा जोडिएको विद्युतीय तार हावाहुरीले भुइँमा झारेका कारण खत्रीको करेन्ट लागेर मृत्यु भएको बताए ।

उनको मृत्युपछि आफन्तले शव बुझ्न नमानेकाले उक्त शाखाले रु पाँच लाख क्षतिपूर्ति उपलब्ध गराउने शर्तमा मृतकका आफन्तले बेलुकी मात्रै शव बुझेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए । रासस