अर्बपति बिल गेट्समा कोरोना संक्रमण पुष्टि भएको छ । माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले एक ट्वीटरमार्फत बुधबार आफूलाई कोभिड–१९ सङ्क्रमण भएको जानकारी गराएको हो । उनले हाल आफु आफ्नै निवासमा एकान्त (क्वारेन्टाइन) मा बसिरहेको बताएका छन् ।


ADVERTISEMENT


उनले ट्वीटमा लेखेका छन्, ‘मलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । अहिले मलाई कोभिडका हल्का लक्षणहरू देखिएको अनुभव गर्दैछु र म फेरि स्वस्थ नभएसम्म अलग्गै रहेर विशेषज्ञहरूको सल्लाह पालना गर्दैछु ।’


ADVERTISEMENT

# # #


 

आफ्ले बुस्टरसहित तीन वटै खोप लगाइसकेको जनाकारी गराउँदै उनले थप भनेका छन्, ‘खोप लगाउन, परीक्षण तथा महान चिकित्सा उपचारको पहुँच पाएकोमा मैले आफूलाई भाग्यशाली ठानेको छु ।’

उनी आफ्नो बिल एण्ड मेलिन्दा गेट्स फाउन्डेशनसँग कोभिड–१९ निदान, उपचारात्मक र खोप वितरणको विश्वव्यापी प्रयासमा सक्रिय सहभागी छन् । विश्वका अति धनाड्य व्यक्ति अर्बपति बिल गेट्सले ‘अर्को महामारीलाई कसरी रोक्ने’ शीर्षकमा नयाँ किताब मे को सुरुतिर प्रकाशन तथा सार्वजनिक गर्ने तयारी गरिरहेको बताइएको छ ।