– डा. मिलन सुवेदी


ADVERTISEMENT


कुनै पनि दम्पतिले गर्भधारणको योजना बनाउँदा ‘प्रि–कन्सेप्शनल काउन्सलिङ’ लाई महत्वपूर्ण अवधारणाको रुपमा लिइन्छ । अन्य मुलुकमा गर्भधारण गर्नुअघि प्रत्येक दम्पतिले यसलाई गर्भधारण योजनाकै एक पक्षको रुपमा विकसित गरेको पाइन्छ ।


ADVERTISEMENT

# # #


तर, नेपालजस्तो विवेकशील राष्ट्रमा भने अझैसम्म पनि यस अवधारणाले उचित प्राथमिकता पाइएको देखिदैँन । यद्यपि यसलाई लागु गर्न सकेको खण्डमा यसबाट आमा र शिशु दुवैको स्वास्थ्यमा फाइदा हुने देखिन्छ ।

आखिर के हो त,प्रिकन्सेप्शनल काउन्सलिङ

गर्भधारण गर्नुपूर्व महिलाको स्वास्थ्य परीक्षणमार्फत सो महिला गर्भधारणका लागि शारीरिक र मानसिक दुवै रुपमा सक्षम छन् कि छैनन् भनी गरिने जाँच नै ‘प्रि–कन्सेप्शनल काउन्सलिङ’ हो । यसका साथै यसै काउन्सलिङको दौरान महिलामा कुनै पनि रोग वा रोगको लक्षण देखिएमा तिनको उपचार गर्दै आवश्यक अनुरुप खोपहरु पनि प्रदान गरिन्छ ।

गर्भावस्थाको कालमा कतिपटक जाँच गराउने ?

गर्भवति महिला गर्भ परीक्षणका लागि पहिलो पटक अस्पताल जाने प्रकृयालाई ‘बुकिङ भिजिट’ भनिन्छ । यस समयमा गर्भवतिको रक्त समूह तथा आरएच प्रकार, सीबीसी तथा ईएसआर, एचबीएसएजी, भिडिआरएल, यु/आर/एम/ई, गर्भको प्रोफाइल एवम् सुगर लगायतका परीक्षणहरु गरिन्छन् ।

यसबाहेक धेरै महिलामा गर्भावस्थाको पूर्ण अवधिसम्ममा कुन/कुन समयमा कतिपटक गर्भ परीक्षण गर्नेभन्ने जिज्ञासासमेत रहेको पाइन्छ ।

विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) का अनुसार, गर्भावस्थामा आमा शिशु दुवैको स्वास्थ्यावस्था ठिक भएमा महिलाले अनिवार्य रुपमा चार पटकसम्म(बुकिङ भिजिट सहित) जाँच गराउनु पर्छ । यस दौरान गर्भवतिले परीक्षण गर्नुपर्ने समयातालिका निम्न छन् :

नोट : सामान्य अवस्थामा गराउनुपर्ने परीक्षण मात्रा र काल ।

तर, ‘हाई रिक्स’ अर्थात्, जटिल अवस्थाको गर्भावस्थामा महिलामा थप जाँचको आवश्यकता परी १४ पटकसम्म स्वास्थ्य परीक्षण गराउनुपर्छ । यसका लागि भने महिलाले निम्न अवधिमा गर्भ जाँच गराउनुपर्छ :

नोट : गर्भवतिको अवस्था जटिल भएमा मात्रै यी जाँचहरु गरिन्छन् ।

गर्भअवस्था भनेको एउटी महिलाको शरीरभित्र अर्को जीवन हुर्किने प्रकृया हो । तसर्थ गर्भअवस्थाको पूरा अवधिभर महिलाले आफुले गर्न हुने र नहुने कार्यहरुमा विशेष ध्यान दिनु पर्दछ । विशेषगरी पहिलो पटक गर्भधारण गरेका महिलाहरु गर्न हुने र नहुने कार्यप्रति अनभिज्ञ रहेको पाइन्छ ।

उसोभए एउटी महिलाले गर्भावस्थाको दौरान ध्यान दिनैपर्ने पक्षहरु के–के हुन् त ?

धुम्रपान मद्यपान सेवनबाट टाढै रहने

धुम्रपान तथा मद्यपानको सेवन गर्भवति अवस्थामा मात्रै नभई अन्य समयमा पनि स्वास्थ्यको निम्ति घातक मानिन्छ । अझ, त्यसमाथि पनि गर्भावस्थामा यसको प्रयोगको असर आमासंगै शिशुमा पनि पर्ने भएकाले गर्भवतिले यसको सेवन पूर्ण रुपमा बन्द गर्नुपर्छ ।

जथाभावी औषधीको प्रयोग नगर्ने

गर्भवस्थाको दौरान महिलाको शरीर अन्य समयको तुलनामा बढी संवेदनशील हुने भएकाले यस समयमा विभिन्न स्वास्थ्य समस्याहरु पनि देखापर्छन् । तर, यसो भन्दैमा गर्भवतिले आफुखुशी जथाभावी औषधीको सेवन गर्ने भुल भने गर्नुहुदैँन । अन्यथा यसले शिशु जन्मजात रुपमै विकलाङ्ग भएर जन्मिने सम्भावना उच्च गराउँछ । तसर्थ महिलाले आफुमा देखापरेको समाधानका लागि सम्बन्धित चिकित्सकको अनिवार्य सल्लाहबमोजिम मात्रै औषधि सेवन गर्नुपर्दछ ।

शरीरलाई गाहृो असहज हुने क्रियाकलाप नगर्ने

हामीले के बुझ्नुपर्छ भने, गर्भवति महिलाले सामान्य अवस्थामा सबै कामहरु गर्न मिलेता पनि शरीरलाई गाहृो हुने कार्यहरुबाट भने टाढै रहनु उचित हुन्छ ।

यसर्थमा, गर्भवतिले नियमित रुपमा हुने कार्यालयका र घरका स–साना हलुका काम गर्न सकिन्छ । यससंगै हल्का किसिमका शारीरिक व्यायामहरु समेत गर्न सक्छिन् । तर, हेभी(वृहत्)किसिमको व्यायाम तथा असहज गतिविधिले महिलासंगै गर्भमा समेत असर पुग्ने भएकाले हुने हामीले त्यस पक्षमा पनि ध्यान पुर्‍याउनु पर्छ ।

उचित पौष्टिक आहारको सेवन

भ्रुणको वृद्वि विकास हुने क्रममा महिलालाई यस समयमा बढि भोक लाग्ने गर्छ । संगै महिलालाई बजारमा पाइने मसालेदार खानाको समेत इच्छा हुनसक्छ । तर, अन्य समयमा जस्तै गर्भअवस्थामा पनि जथाभावी बजारी खाना तथा जंकफुडको सेवन उचित मानिदैँन । तसर्थ महिलाले यस समयमा उचित पौष्टिक आहारमा जोड दिनुपर्छ ।

(डा. सुवेदी आवासीय चिकित्सकका रुपमा बंगलादेशमा अध्ययनरत छन् । )