काठमाडौँ – ईशान बाल तथा महिला अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. रामनन्दन प्रसाद चौधरीले अस्पताललाई ‘सेन्टर अफ एक्सीलेन्स’ मा रुपान्तरण गरिने बताएका छन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आगामी दिनमा अस्पतालको शैक्षिक, अनुसन्धान एवम् सेवालाई थप परिष्कृत गर्दै ईशानलाई ‘सेन्टर अफ एक्सीलेन्स’ को रुपमा परिणत गर्ने योजना रहेको बताएका हुन् ।

अस्पतालले अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आएको निर्देशन चौधरीको दाबी छ । यसैअनुरुप पछिल्लो समय अस्पतालमा वयस्कका लागि एडल्ट जीआई, ग्याइनेकोलोजी तथा अब्स्ट्रक्टिभ ल्याप्रोस्कोपी समेत सञ्चालनमा ल्याएको उनी बताउँछन् ।


ADVERTISEMENT


अस्पतालमा हाल निः सन्तान दम्पतीका लागि आईभीएफ सेवाको समेत सुचारु गरिसकेको सुनाउँदै निर्देशक चौधरीले भने, ‘अब हामी छिट्टै नै ब्लड बैंकको सेवा पनि शुरु गर्ने योजनामा छौँ ।’


ADVERTISEMENT

# # #


वि.सं २०५२ सालमा स्थापित नेपालको पहिलो गैरसरकारी बाल अस्पताल ईशानले स्थापना कालदेखि नै बाल तथा महिला स्वास्थ्य क्षेत्रमा निरन्तर गुणस्तरीय सेवा दिर्दैँ आएको निर्देशक चौधरीको भनाई छ । ‘हामीले यहाँ भारतमा असफल भएका जटिल किसिमका शल्यक्रियाहरुलाई समेत सफल पारेका छौँ’, उनले सुनाए ।

हाल नेपालमा पनि जटिल मानिएका शल्यक्रिया हुने बताउँदै उनले भने, ‘बाल शल्यचिकित्सा आफैँमा चुनौतीपूर्ण विषय हो । तर, पनि उचित अध्ययन एवम् अनुभवी विज्ञहरुद्वारा हाल नेपालमै पनि केहि अस्पतालहरुमा बाल सर्जरीका गुणस्तरीय सेवाहरु उपलब्ध छ । जसमध्ये ईशान पनि एक हो ।’

आगामी दिनमा थप अन्य सेवा सुविधाहरु समेत थपिदैँ लैजाने उनको भनाई छ । उनी भन्छन्, ‘समय सापेक्ष सुविधा तथा क्षमताहरु वृद्धि गर्ने योजना अनुरुप बालरोग, बाल सर्जरी, बाल युरोलोजी, महिला तथा वयस्कका अन्य विशेषज्ञ सेवाहरु समेत उपलब्ध गराउने छौँ ।’

अस्पतालको ओपिडि परिसरभित्रै रहेको ‘चिल्ड्रेन प्ले एरिया’

आफ्नै भवनबाट सेवा दिदैँ ईशान

ईशानले आफ्नै भवनबाट सेवाको थालनी गरेको छ । अस्पतालले आईतबारदेखि आफ्नै भवनबाट सेवा सुचारु गरेको जानकारी दिएको हो । नयाँ भवन यसअघि बसुन्धराचोकस्थित रहेको अस्पताल भवनको २५० मिटर पछाडि टोखा– ५ श्री टोलमा रहेको छ ।

विगत २७ वर्षदेखि बाल तथा महिला स्वास्थ्य क्षेत्रमा निरन्तर सेवा दिदैँ आएको ईशानले यसअघि बहालका घरमार्फत स्वास्थ्य सेवा प्रदान गर्दै आएको थियो । निरन्तर सेवा प्रदानको यति लामो अवधिपछि अस्पतालले आफ्नै भवनमार्फत सेवा प्रदान गर्दै गर्दा यसबाट अस्पतालका संस्थापकहरुको सपना समेत पूरा भएको निर्देशक चौधरीले बताए ।

१५ बेडबाट शुरु गरेको ईशानको १०० बेड क्षमतासम्मको यात्रा आफैमा गौरवपूर्ण रहेको अस्पतालका अर्का चिकित्सक ज्योती रत्न ढकुवाले बताए । बालबालिकाका लागि प्ले ग्राउण्डको समेत व्यवस्था सो नयाँ भवन बुटिक शैली एवम्  बालमैत्री वातावरणको स्वरुपमा निर्माण भएको उनले जानकारी दिए ।

उचित मुल्यमै पेडियाट्रिक रजिष्ट्रारहरुबाट २४ सैं घन्टा गुणस्तरीय आकस्मिक बाल, महिला तथा प्रसुती सेवा दिदैँ आएको ईशानमा एम्बुलेन्स, प्याथोलोजी, एक्स–रे, फार्मेसीलगायतका सेवाहरु उपलब्ध छन् ।