काठमाडौं – नबिल बैंकका पूर्वअध्यक्ष स्वर्गीय शम्भुप्रसाद पौड्यालको सम्झनामा यस वर्षबाट बैंकले कर्मचारी परिवारका लागि ‘श्री शम्भुप्रसाद पौड्याल स्मृति छात्रवृत्ति’ शुरु गरेको छ ।


ADVERTISEMENT


पौड्यालले बैंकमा लामो समयदेखि सञ्चालक समितिमा योगदान गर्दै आएका थिए । पौड्याल कर्मचारीहरुको हित र बिकासका निम्ती लागि पर्दथे ।


ADVERTISEMENT

# # #


छात्रवृत्ति कार्यक्रममा प्रत्येक वर्ष नबिल बैंकका सम्पूर्ण कर्मचारीहरुले राष्ट्रिय परीक्षाबोर्डको प्लस टु तहमा उत्कृष्ट नतिजा ल्याउने मेहेनती तथा जेहेन्दार सन्तानहरुका नाम मनोनयन गर्न सक्दछन् ।

उच्च शिक्षाका लागि प्रोत्साहन गर्ने उद्देश्यसहित बैंकले यो कार्यक्रम ल्याइएको हो । मनोनित कर्मचारी परिवारका सन्तानहरुबाट उत्कृष्ट नतिजा ल्याउने २ जना छात्र र २ जना छात्रालाई प्रत्येक वर्ष यो पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ ।

पुरस्कारको रकम ५० हजार रुपैयाँ प्रत्येक विजेता कर्मचारीका सन्तानहरुलाई प्रदान गरिने बैंकको भनाइ छ । बैंकले आर्थिक वर्ष २०७७÷७८ का लागि निम्न कर्मचारीहरुको सन्तान छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको छ ।

जसअनुसार कर्मचारी उदयराज खनालकी छोरी उनिका खनाल, सन्देशराज भट्टराईका छोरा दीपसन भट्टराई र कर्मचारी मुरारीप्रसाद अर्यालका छोरा मुकुल अर्यालले छात्रवृत्ति पाउनेछन् ।

नबिल बैंकको प्रधान कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रममा नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले बैंकका सञ्चालक समितिका सदस्यहरु, वरिष्ठ व्यवस्थापन तहका कर्मचारीहरु, पूर्वअध्यक्षका परिवार र छात्रवृत्ति विजेताहरूको अभिभावकको उपस्थितिमा तीनै विजेताहरुलाई छात्रवृत्तिको रकम सहित प्रशंसा पत्र हस्तान्तरण गरेका थिए ।

छात्रवृत्ति कार्यक्रमको बारेमा बोल्दै बैंकका अध्यक्ष पौड्यालले स्वर्गीय शम्भुप्रसाद पौड्यालले बैंकलाई पर्याएको लामो योगदानको उच्च प्रशंसा गर्दै उक्त योगदान अत्यन्त महत्वपूर्ण र अविस्मरणीय रहेको जनाए ।