काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी महत्वपूर्ण अध्यादेश जारी गरेकी छन् । आइतबार उनले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ जारी गरेकी हुन् ।


ADVERTISEMENT


जसमा स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई बिनाधरौटी थुनामा राखेर मुद्दा चलाउन सक्ने नीति उल्लेख गरिएको छ । नेपाल चिकित्सक संघका अध्यक्ष डा. कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका चिकित्सक शैल रुपाखेती, प्रधानमन्त्री शेर बहादुर देउवाका स्वास्थ्य सल्लाहकार आरपी बिच्छा लगायतको संयुक्त टोलीको पहलमा सो अध्यादेश जारी गरिएको हो ।


ADVERTISEMENT

# # #


उक्त अध्यादेशमा विशेषगरी ‘स्वास्थ्य संस्थामा आगजनी, तोडफोड वा अन्य कुनै कार्य गरी हानी नोक्सानी पुर्‍याउने तथा स्वास्थ्यकमीृ वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रुपमा चोट पुर्‍याउने मुद्दामा तत्काल प्राप्त प्रमाणबाट अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्ने प्रावधान थप गरिएको छ ।

राष्ट्रपति भण्डारीले सोहि दिन नै औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७९ समेत जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । सो अध्यादेशले स्वास्थ्यकर्मीलाई सुरक्षाको अनुभुति दिलाउँदै उनीहरुको आत्मबल बढाउनमा समेत मद्दत गरेको डा. कार्कीको भनाई छ ।

अध्यादेश लागु गर्ने सरकारको नियमको प्रशंसा गर्दै उनले नेपाल सरकार, संघीय मन्त्रीपरिषद् तथा राष्ट्रपतिप्रति कृतज्ञता समेत ज्ञापन गरेका छन् ।