काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसैले तर्साउदैमा जनता नतर्सने बताएका छन् ।


ADVERTISEMENT


आइतबार बुटवलमा आयोजित चूनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन दलका नेताहरुले मत माग्ने नाममा जनता तर्साउँदै हिँडेको भन्दै कसैले तर्साउदैमा जनता नतर्सने बताएका हुन् । एमालेले अघि सारेका बिकास योजनालाई वर्तमान सरकारले अवरुद्ध पारेको भन्दै ओलीले वैशाख ३० गतेको चुनावमा जनताले जरादेखि टक्टक्याएर फ्याक्ने जिकिर गरे ।


ADVERTISEMENT

# # #


अध्यक्ष ओलीले आगामी जेठ १५ गते गठबन्धनको सरकारको अन्तिम बजेट हुने समेत बताए । उनले मुलुकलाई समृद्धिको दिशतर्फ अघि बढाउनका साथै संघीय र प्रदेश सरकार बनाउँदा विनियोजित हुने बजेट अलपत्र हुनबाट जोगाउन एमाले जित आवश्यक रहेको धारणा राखे । यसअघि एमालेले बुटवल नगरमा धेरै नै बिकासका काम गरेको भन्दै थप बिकासको जिम्मा पनि एमालेलाइ दिन उनले आग्रह गरे ।

ओलीले एमालेको विजयी यात्रा स्थानीय तहबाटै सुरु हुने दाबी गरे ।