काठमाडौं – अर्बन फूड काठमाडौँमा रहेको एक मासु प्रशोधन गर्ने कम्पनी हो र यसले सन् २०१२ देखि आफ्ना ग्राहकहरुलाई ससेज, सलामी, बेकन, ह्याम, मम, कोल्ड कट्स, मीट पार्टस्, क्यान्ड फुड, कफी बिन्स र अन्य गुणस्तरीय उत्पादनहरु प्रदान गर्दै आएको छ । अर्बन फूड प्रोडक्सनमा अत्याधुनिक प्रविधिका साथ नेपालकै टप फूड टेक्नोलोजिस्ट प्रविणमान शाक्य, जर्मनीका मीट विशेषज्ञ र मास्टर बुचर, म्याक्सिमिलियन फब्रिजियो स्टोल र अस्ट्रियाका मास्टर प्रोसेसर एन्टोन लोस्चाट जस्ता खाद्य विशेषज्ञहरु संघ रहेको छ ।


ADVERTISEMENT


अर्बन फूडका गुणस्तरीय उत्पादनहरुले एक दशकदेखि ग्राहकहरुको मन जित्दै आएका छन् भने ती भाटभटेनी, बिग मार्ट, सेल्सबेरी र नेपालभरका अन्य डिपार्टमेन्ट स्टोरहरु जस्ता प्रमुख खुद्रा विक्रेता पसलहरुमा सहज रुपमा उपलब्ध छन् ।


ADVERTISEMENT

# # #


अर्बन फूडका प्रमुख कार्यकारी अधिकृत आयुष राजभण्डारी भन्छन्, “हाम्रा मूल्यवान ग्राहकहरुलाई हाम्रो पहिलो आउटलेट, अर्बन मार्टमा स्वागत गर्न पाउँदा हामी साँच्चै उत्साहित छौँ । खुसी बाँड्नका लागि हामीले सुरुवातको दिन प्रशोधित उत्पादनहरुमा ३०५ छुट प्रदान गर्दैछौँ र १३ मे २०२२ सम्म २५५ छुट प्रदान गर्नेछौँ ।”

नयाँ अर्बन मार्टमा पर्याप्त पार्किङ सुविधा भएकाले वाक–इन ग्राहकहरुका साथै अनलाइन विक्रेता, होटल र रेष्टुरेन्टहरुलाई पनि सहज हुनेछ । मार्टको ठीक पछाडि अर्बन फूडको २० टन क्षमताको सिटी कोल्ड रुम र त्यही माथि अर्बन फूडकै केन्द्रीय कार्यालय रहेको छ । विशेष मूल्यहरु, सदस्यता कार्यक्रमहरु, केन्द्रीय स्थान र पार्किङ सुविधाहरु बाहेक, अर्बन मार्टको अर्को विशेषता भनेको यसमा समय–समयमा सीमित संस्करण विशेष उत्पादनहरु पाइनु हो जुन अर्बन मार्ट मार्फत मात्र लिन सकिन्छ ।