काठमाडौं – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा राजनीतिक स्थायित्व हुन नदिन केपी शर्मा ओलीलाई निमित्त नायक बनाएर विभिन्न कोणबाट षड्यन्त्र भइरहेको आरोप लगाएका छन् ।


ADVERTISEMENT


सत्तारुढ गठबन्धनका तर्फबाट बुटवलमा शनिबार आयोजना गरिएको पाँच दलीय गठबन्धनलाई सम्बोधन गर्दै उनले संविधान, संसदीय व्यवस्था, गणतन्त्र विरुद्ध ओली अघि बढेको जिकिर गरे । उनले संसदलाई विघटन गर्ने, अवरुद्ध गर्नेहरुलाई अब जनताले संसदमा पुग्नबाटै रोक्नुपर्ने बताए ।


ADVERTISEMENT

# # #


उनले बुटवलमा सुकुम्बासी समस्या समाधान, बाढी समस्या समाधान गर्न गठबन्धनले पहल गर्ने पनि बताए । ‘बुटवललाई स्मार्ट सिटीका रुपमा विकास गर्नुछ,’ उनले भने, ‘नेपालको मुटुमा, लुम्बिनीको काखमा रहेको बुटवललाई विशेष खालको सहर बनाउने योजनालाई केन्द्रबाट काँधमा काँध मिलाएर सहयोग गर्नेछौं ।’


ADVERTISEMENT

#
#


उनले देशलाई राजनीतिक स्थिरता चाहिएको भन्दै राजनीतिक स्थिरता नहुँदा विकास नभएको र प्राकृतिक स्रोत साधनले धनी भएर पनि हामी गरिब भएर बस्नुपरिरहेको उल्लेख गरे ।

प्रतिकृया

प्रतिकृया