काठमाडौँ– पाँच दलीय सत्ता गठबन्धनले आज काठमाडौँमा संयुक्त चुनावी आमसभा गर्दैछ । आज दिउँसो १ बजे काठमाडौँको शान्तिबाटिकामा हुने सभामा गठबन्धनका शीर्षनेताले सम्बोधन गर्नेछन् ।


ADVERTISEMENT


सभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्षनेताले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस काठमाडौँका सभापति कृष्ण बानियाँ (सवुज)ले जानकारी दिए ।


ADVERTISEMENT

# # #


यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन दलहरूले स्थानीय आवश्यकतानुसार चुनावी तालमेल गरेका छन् । निर्वाचनको तयारीका लागि गठबन्धन दलले बिहीबार चितवनमा आमसभा गरेका थिए । रासस