काठमाडौँ – अभिनेत्री स्वेता खड्काले प्रणाली परिवर्तनको हिस्सा बन्न आफू खुल्ला राजनैतिक मुलधारमा आएको बताएकी छन् ।


ADVERTISEMENT


मंगलबार काँग्रेस प्रवेश गरेपछि समाजिक सञ्जाल फेसबुकमार्फत अभिनेत्री खड्काले सबै पार्टीभित्रको सुधारका लागि युवाहरुको सक्रियता महसुस गरेकाले आफू काँग्रेसमा प्रवेश गरेको बताइन् ।


ADVERTISEMENT

# # #


उनले अहिलेको सबै पार्टीका सिद्धान्त र विचार सही भए पनि नेतृत्वको स्वार्थका कारण असफल भएकाले अब युवाहरुले राजनीतिको ‘लेउ’लाई सफा गर्न आफै सक्रिय हुनुपर्ने उनले जनाएकी छन् । उनले भनेकी छन्, ‘पोखरी फोहर भयो भनेर पोखरीको लेउलाई गाली गर्नु भन्दा त्यो लेउ हटाउन आँफैले पोखरीभित्र छिर्ने हिम्मत गर्नुपर्छ । अतः सबै पार्टीमा धेरथोर लेउ लागेको छ त्यसको सरसफाइको लागि हाम्रो सकृयता खाँचो छ ।’

स्वेताले कलाकारले कलाकारिता नै गर्नुपर्छ, राजनीति गर्नुहुन्न भन्ने धारणाको प्रतिवाद स्वरुप आफू नेपाली काँग्रेसको राजनैतिक सिद्धान्तमा समाहित भएको बताएकी छन् । उनले आफूले राजनीतिमा प्रवेश गर्ने निर्णयबारे धेरै पटक स्व–संवाद, स्व–विश्लेषण र स्व–विचार गरेको समेत उल्लेख गरेकी छन् । सँधै राजनीतिलाई ‘फोहोरी खेल’को रुपमा परिभाषित गर्दै नेताहरुप्रति ‘धारे हात’ लगाउते प्रवृत्ति त्याग्नुपर्ने र प्रणालीपरिवर्तनको लागि आफै त्यसको हिस्सा हुन जरुरी रहेको स्वेताको भनाई छ ।

उनले काँग्रेस नेता विपी कोइरालालाई सुन्दै र पढ्दै आएको तथा उनका विचारबाट प्रभावित भएर काँग्रेसमा आएको जनाएकी छन् । स्वेताले भनेकी छन्, ‘मैंले आदरणीय बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको पथमा आफ्नो पाइला अगाडि बढाएकी छु ।’

उनले आफू कलाकार र व्यवसायी पनि भएकोले व्यवसायी र कलाकर्मीहरुको हक हितको निमित्त पार्टीमा आवाज बुलन्द गर्ने बताएकी छन् ।

स्वेता आज बिहान मात्रै प्रधानमन्त्री निवास बालुवाटार पुगेर काँगेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाका हातबाट टिका लगाउँदै काँगेस प्रवेश गरेकी थिइन् ।