महेन्द्रनगर– कृष्णपुर नगरपालिकामा नेकपा (एकिकृत समाजवादी) पार्टी र नेपाली कांग्रेसबीच टक्कर परेको छ ।


ADVERTISEMENT


आगामी वैशाख ३० गते हुन लागेको स्थानिय निर्वाचनका लागि यी दुवै नगर प्रमुखको दाबेदारको उच्च सम्भावित पार्टी रहेको समाजवादीका मेयर उम्मेद्वार सुरेन्द्र बमले जनाएका हुन् ।


ADVERTISEMENT

# # #


अन्य पार्टीमाथि सजिलै जित हासिल गर्ने दाबी गर्दै उनले भने, ‘हाम्रो प्रतिस्पर्धा कांग्रेस मात्रै हो । अन्य पार्टीसंग हाम्रो प्रतिस्पर्धा हुदैँन ।’ यद्यपि आफूहरुकै पार्टीमा जनमत रहेको उनको भनाई छ । बमसंगै समाजवादीबाट उपमेयरका लागि मञ्जु नेपाली उठेकी छन् ।

चुनाव प्रचार प्रसारका लागि हाल उनीहरु घरदैलो कार्यक्रममा व्यस्त छन् । ‘मतसंगै अहिले हामीले प्रत्येक घरघरमा मतशिक्षा समेत दिइरहेका छौँ’, उनले भने ।

बमले आगामी ५ वर्षमा आफ्नो क्षेत्रबाट १५/१५ जना डाक्टर र इन्जिनियर उत्पादन गर्ने घोषणा गरेका छन् । यसका साथै उनले प्रत्येक वर्ष विपन्न, दलित र जनजाती गरी ३ जनालाई एमबीबीएस र ३ जनालाई निःशुल्क इन्जिनियर पढाउने समेत प्रतिबद्वता गरेका छन् ।

त्यसैगरि, विकास निर्माण देखि स्वरोजगार उत्पादनको क्षेत्रलार्ई फराकिलो बनाउँदै पर्यटनमा टेवा पुर्‍याउने बमको भनाई छ ।