काठमाण्डौं-नेपाली कांग्रेसका प्रतिनिधिसभाका उम्मेदवार एवं भूपु शिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लको घरमा प्रेस कुकर बम राखिएको छ । छायाँनाथ रारा नगरपालिका-१ स्थित श्रीनगर छल्यालबाडा गाउँमा रहेको मल्लको घरको आगनमा ५ लिटरको प्रेस कुकरमा बम राखेको देखिएपछि स्थानीय त्रसित छन् ।


ADVERTISEMENT


बिहान उठने बित्तिकै बच्चाले कुकर छ भनेर खबर गरेपछि हेर्दा बम देखिएको मल्लले बताए । बम भएको जानकारी भएपछि मल्लले सुरक्षाकर्मीलाई खबर गरेका थिए । खबर भएको दुई घण्टापछि मात्रै सुरक्षाकर्मी उनको घर पुगेका थिए । केन्द्रदेखि जिल्ला सम्मका कांग्रेसका उम्मेदवारलाई लक्षित गरि बम प्रहार हुन थालेको मल्लको भनाई छ । बम निष्क्रिय पार्न सेनाको टोली खटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


ADVERTISEMENT

# # #