काठमाडौं – आसन्न स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका म्याग्दीका ४१ जनाले शुक्रवार उम्मेदवारी फिर्ता गरेका छन् ।


ADVERTISEMENT


म्याग्दीका छवटा स्थानीय तह र ४५ वटा वडामा वैशाख ३० गते हुने चुनावका लागि वैशाख ११ र १२ गते ७५९ जनाले मनोनयन दर्ता गराएका थिए । निर्वाचन आयोगको कार्यतालिका अनुसार मनोनयन दर्ता गराएकामध्ये विभिन्न पदका ४१ ले फिर्ता लिएका जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले बताए ।


ADVERTISEMENT

# # #


उनका अनुसार जिल्लाभर कूल उम्मेदवारको संख्या ७१८ जना कायम भएको छ । अध्यक्षरप्रमुखमा ३, उपाध्यक्षरउपप्रमुखमा ५, वडाध्यक्षमा ११, महिला सदस्यमा ५, दलित महिला सदस्यमा ४ र खुल्ला सदस्यमा १३ जनाको उम्मेदवारी फिर्ता भएको कार्यालयले जनाएको छ ।

बेनी नगरपालिकामा २३, धौलागिरि गाउँपालिकामा ५, मङ्गला गाउँपालिकामा ७ र रघुगङ्गा गाउँपालिकामा ६ जनाले उम्मेदवारी फिर्ता गरेका हुन् । अन्नपूर्ण र मालिका गाउँपालिकामा कसैले पनि उम्मेदवारी फिर्ता गरेनन् । जिल्लाभर पालिका अध्यक्षरप्रमुखमा २९, उपाध्यक्षरउपप्रमुखमा २३, वडाध्यक्षमा १४९, सदस्यमा २७५, महिला सदस्यमा १२५ र दलित महिला सदस्यमा ११७ जनाको उम्मेदवारी कायम भएको छ ।

धौलागिरि गाउँपालिकाको वडा नम्बर १ गुर्जाको वडा अध्यक्ष र सदस्यमा उम्मेदवारी दिएका ३ जनाले उम्मेदवारी फिर्ता लिएपछि सबै पदमा कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । रासस