काठमाण्डौं-निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनमा खटिने सुक्ष्म अनुगमनकर्तालाई आज तालिम दिदैंछ ।


ADVERTISEMENT


आयोगका प्रवक्ता नवराज ढकालका अनुसार निर्वाचन आचारसंहिता पालना भए नभएको , उम्मेदवारका लागि तोकिएको खर्चको सीमा लगायतका विषयमा अनुगमनका लागि अपरान्ह १ बजे उपसचिव र अधिकृत स्तरका अनुगमनकर्तालाई तालिम प्रदान गर्न लागिएको हो ।


ADVERTISEMENT

# # #


तालिम प्राप्त अनुगमनकर्ताले निर्वाचनमा भएका गतिविधिलाई सुक्ष्म रुपमा अनुगमन गर्ने गर्दछन् । दोस्रो चरणमा मंसीर २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसंगै दलका प्रतिनिधि तथा उम्मेदवारद्वारा निर्वाचन आचारसंहिता उलंघनका घटना बढ्न थालेका छन् ।

निर्वाचन आचारसंहिताको पालना नभएको भन्दै पछिल्लो समय आयोगले आफैं अनुगमन सुरु गरेको छ । यस्तै सुक्ष्म अनुगमनकर्ताले निर्वाचन अवधिभर भएका घटनाको विवरण आयोगलाई बुझाउने प्रवक्ता ढकालले जानकारी दिए ।