काठमाण्डौं-रियल मुर्सियामाथि गोल वर्षा गर्दै बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।


ADVERTISEMENT


अन्तिम ३२ अन्तर्गत बुधबार राति भएको दोस्रो लेगमा रियल मुर्सियामाथि ५–० को शानदार जित निकाल्दै समग्रमा ८–० को जितसहित बार्साले अन्तिम १६ मा स्थान बनाएको हो ।


ADVERTISEMENT

# # #


घरेलु मैदानमा वार्सालाई जित दिलाउने क्रममा पाको अलकेसर, जेरार्ड पिके, एलेक्स भिडाल, डेनिस स्वारेज र जोसे अर्नाइजले एक-एक गोल गरे ।

पहिलो लेगमा बार्सिलोना ३–० ले विजयी भएको थियो ।