काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेको सत्तागठबन्धन बालुवा र तासको घर भएकाले तर्सनुपर्ने अवस्था नरहेको बताएका छन् ।


ADVERTISEMENT


बुधबार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित उम्मेद्वार अभिमुखीकरण तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पौडेलले बालुवा र तासको घर जस्तै रहेको गठबन्धन एमालेका लागि चूनौति हुन नसक्ने भन्दै तर्सनुपर्ने आवश्यकता नरहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


चूनावमा पराजय स्वीकार गरेर गठबन्धन बनाएको तर्क गर्दै पौडेलले एमालेले जित्दा मुलुकको समृद्धि र विकास अघि बढ्ने भएकाले जनताका लािग जित हासिल गर्नुपर्ने धारणा राखे । सरकारमा रहेका दलहरु आजका मितिमा पनि चुनाव सार्ने षडयन्त्रमा लागिरहेको उनको आरोप छ ।

उनले जतिसुकै कोसिस गरेपनि समयमा नै निर्वाचन गर्न र एमालेलाई विजयी हुनबाट कसैले रोक्न नसक्ने दाबी गरे । पौडेलले स्थानीय तहमा जितको सुरुवात गर्दै प्रदेश र केन्द्रको निर्वाचनमा विजयी हुँदै एमालेको एकल नेतृत्वको सरकार गठन हुने बताए ।

उनले तिलोत्तमा नगरपालिकाका १७ वटै वडामा एमालेले शानदार बिजयी हासिल गर्ने उनको दाबी छ ।