काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचनमा एमालेलाई कसैले पराजित गर्न नसक्ने ठोकुवा गरेका छन् ।


ADVERTISEMENT


नेकपा एमाले सम्पर्क समन्वय कमिटीले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पोखरेलले एमाले मुलुकको सबैभन्दा ठूलो शक्तिको रुपमा स्थापित भइसकेको भन्दै आगामी निर्वाचनमा एमालेलाई कसैले पराजित गर्न नसक्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


एमाले बलियो पार्टी भएकै कारण कांग्रेससहितका सत्तारुढ दलहरुले आफ्नो पार्टीसँग एक्लै चुनावी लड्ने आँट गर्न नसकेको उनको भनाई छ । उहाले आफ्नो भविष्य रक्षाका लागि गठबन्धन बनाएर अघि बढेपनि उनीहरुको स्वार्थ नमिलेको दृश्य स्थानीय तहको मनोनयनका क्रममा देखिएको धारणा राखे । पोखरेलले गठबन्धनको कुनै लक्ष्य, उदेश्य रहेको भन्दै मुलुकको नेतृत्व गर्न नसक्ने उल्लेख गरे ।

त्यस्तै उनले नेपालको राजनीतिक इतिहासमा सबैभन्दा बढी विधि र प्रक्रिया उल्लंघन गर्ने नेता माधव कुमार रहेको बताए । एमालेमा रहदा एक व्यक्ति, एक पदको नारा दिने माधव नेपालले अहिले आफू पार्टीको अध्यक्ष र संसदीय दलको प्रमुख बनेर बसेको भन्दै उनले एक व्यक्ति, एक पदको नारा दिएर नेकपा फुटाइएको आरोप लगाए ।

उनले अवको सवै निर्वाचनमा एमाले बिजयी हुने र एमालेको झण्डा फहराउने दाबी गरे ।