काठमाडौँ – कांग्रेस नेतृ एवं प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले महिला नेतृत्वबाट नै अब महानगरको मुहार फेर्न सकिने भन्दै सिर्जना सिंहलाई जिताउन आह्वान गरेकी छन् ।


ADVERTISEMENT


मंगलबार सिर्जना सिंह निवास चाक्सीबारीमा आयोजित कार्यक्रममा बोल्दै उनले मुलुकको परिवर्तनमा महिलाहरुले धेरै योगदान गरेको भन्दै अब पदमा रहेर देशका सेवा गर्ने समय आएको धारणा राखिन् ।


ADVERTISEMENT

# # #


यस्तै राणाले कसैको बुहारी वा पत्नी भएकै कारण सिर्जना सिंहलाई मेयरको टिकट नदिएको समेत बताइन् । उनले भनिन्, ‘उहाँ पूर्णकालीन राजनीतिज्ञ हो । खाली कसैको श्रीमती, कसैको बुहारी भएको कारणले मात्रै उहाँ राजनीतिमा आउनु भएको होइन ।’

उनले सक्रिय राजनीति गरेकाले आफूहरुप्रति गलत बुझाई नराख्न समेत आग्रह गरिन् । ‘हामीले पहिले पद लिएनौँ होला । अब उहाँको समय आयो ।’ उनले भनिन्, ‘म सबैलाई भन्छु, पार्टीको नाम नहेर्नुहोस्, सिर्जना सिंह हेर्नुहोस्, उहाँको अहिलेसम्मको पृष्ठभूमि र काम हेर्नुहोस्, उहाँ हरेक कुरामा सफल व्यक्ति हो ।’

त्यस्तै काठमाण्डौ महानगरकी उपमेयर हरिप्रभा खड्गीले काठमाडौं महानगरमा बिकासका धेरै काम अघि बढेको भन्दै यसलाई निरन्तरता दिन सिर्जना सिंहलाई विजयी गराउनुपर्ने बताइन् । उनले काठमाडौंलाई सांस्कृतिक शहरको रुपमा अघि बढाउनुपर्ने बताइन् ।

कार्यक्रममा अन्य महिला नेतृ, महिला समाजसेवी लगाएतले सिंहलाई शुभकामना दिएका थिए ।