काठमाण्डौं-नहर सम्पन्न भएको कार्य अनुभव पत्रका लागि ५० हजार घुस माग्ने सिंचाई विकास डिभिजन कार्यालय कास्कीका एक इन्जिनियरलाई अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


अख्तियारको क्षेत्रीय कार्यालय पोखराबाट खटिएको टोलीले इन्जिनियर गोविन्द भूर्तेललाई घुस रकम सहित नियन्त्रणमा लिएको हो ।


ADVERTISEMENT

# # #


पोखराको बिरौटास्थित सीएम पर्फेक्ट जेभी कन्ट्रक्सनले रुपा गाउँपालिकाको सिद्धमा १ हजार ७ सय मिटर लम्बाईको टाकान्जा टार सिंचाई आयोजना डेढ करोड रुपैयाँको लागतमा बनाएको थियो ।

आयोजना गत असारमा निर्माण सम्पन्न भएर फरफारक समेत भईसकेको थियो । त्यसपछि कन्ट्रक्सनले निर्माण कार्य अनुभवको पत्रका लागि कार्यालयमा निवेदन दिएकोमा भूर्तेलले रकम दिए मात्र बनाईदिने भन्दै बार्गेनिङ गर्दै आएका थिए ।

लामो समयसम्म कागज नदिई पैसा मात्र मागेपछि कन्ट्रक्सनका कर्मचारीले अख्तियारलाई जानकारी दिएर भुर्तेलले मागेको रकम बुधवार सिंचाई कार्यालय पुगेर दिएका थिए ।

भूर्तेलले लिएको रकम उनको निवासबाट बरामद भएको अख्तियार क्षेत्रीय कार्यालय पोखराका प्रवक्ता रमेश ढकालले जानकारी दिए ।