काठमाडौं – आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ। दोस्रो चरणको राष्ट्रिय अभियान मंगलबारबाट सुरु भएको थियो। आज सकिँदैछ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन थालिएको हो।


ADVERTISEMENT

# # #


२७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाउने सरकारको लक्ष्य छ।

स्थानीय तहले विद्यालय वा नजिकको स्वास्थ्य केन्द्रबाट औषधि खुवाउनेछन् । अभियान ७५३ वटै स्थानीय तहमा सञ्चालन भइरहेको छ।