काठमाडौँ–  काठमाडौंबाट अर्घाखाँची तर्फ गइरहेको नमस्ते अर्घाखाँचीको लु२ख २९१ नम्बरको बस लगभग ९:३० बजे पृथ्वी राजमार्गमा पर्ने चितवनको फिस्लिङ र चुम्लिङटारको बीचमा पर्ने स्थानबाट त्रिशुली नदी खसेको छ।


ADVERTISEMENT


सशस्त्र प्रहरीका गोताखोरले बसलाई २५ फिट तल फेला पारेका छन्। अब बसलाई निकाल्ने तयारी भइरहेको बताइएको छ।प्रहरीको अनुसार ७ जनाको दुर्घटनास्थलमा नै मृत्यु भएको छ भने २४ जनाको उद्धार गरिएको छ।


ADVERTISEMENT

# # #


उद्धार गरिएका मध्ये ३ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ भने १३ जनालाई भरतपुर लगिएको छ । यस्तै केहीबेर अघि थप ५ जना घाइतेलाई हेलिकप्टरद्वारा उद्धार गरी उपचारका लागि लगिएको छ। प्रहरीका अनुसार सहचालकले काठमाडौंबाट २८ जना यात्रुको चलानी लिएर हिँडेका थिए ।

८ जना मृतक मध्ये १ जनाको मात्रै सनाखत भएको छ। मृत्यु हुनेमा देवदह-१०, गोदाहका विक्रम पाण्डे रहेका छन्। उनको साथबाट मेघा कलेजको परिचयपत्र भेटिएको छ।

उद्धारकार्यका लागि मुग्लिन, जोगिमारा र गजुरीबाट प्रहरी, सशस्त्र प्रहरी र सेनाको टोली घटनास्थल तर्फ पुगिसकेको छ। बसलाई निकाल्ने प्रयास भइरहेको छ।