काठमाडौं  – स्थानीय तहको चुनाव नजिकिँदै गर्दा नेकपा एमालेले आफ्ना एजेण्डाबारे छलफल गर्न सचिवालय बैठक बोलाएको छ ।


ADVERTISEMENT


बैठक सोमबार बेलुका ६ बजेका लागि बोलाइएको नेकपा एमालेले जनाएको छ । च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बस्ने बैठकमा स्थानीय तहको निर्वाचन केन्द्रित एजेण्डाबारे छलफल हुनेछ ।


ADVERTISEMENT

# # #


साँझ सचिवालय बैठक बस्नुअघि केन्द्रीय कार्यालयको बैठकमा छलफल हुने जनाइएको छ । केन्द्रीय कार्यालयको बैठक बिहान ११ बजे बस्नेछ ।

दुवै बैठकमा वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको चुनावमा पार्टीका उम्मेदवार र घोषणापत्रबारे छलफल हुने एमाले नेताले जानकारी दिएका छन् ।