काठमाडौं – काठमाडौँ महानगरपालिका वडा नं ३० का वडा सदस्य निरजराज सत्यालको निधन भएको छ । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिका वडा नं ३० को वडा सदस्यमा निर्वाचित सत्यालको आइतबार राति ९ बजे निधन भएको हो ।


ADVERTISEMENT


उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । उनले भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए ।


ADVERTISEMENT

# # #


नेपाली कांग्रेसको प्रमुख भातृ संस्था नेपाल विद्यार्थी सङ्घबाट आफ्नो राजनीति अगाडि बढाएका सत्याल त्रिचन्द्र क्याम्पसको पूर्वस्ववियु पदाधिकारी बनेका थिए । उनी काठमाडौं क्षेत्र नं ४ को पूर्वक्षेत्रीय सदस्यसमेत हुन्।

उनको आइतबार राति नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । रासस