काठमाडौँ – कलाकार पल शाहलाई जबरजस्ती करणीको आरोप लगाएकी एक नाबालिकाले आफ्नो बयान फेरेकी छन् । जिल्ला अदालत, तनहुँमा आइतबार पीडित नाबालिकाले पल शाहले आफूलाई बलात्कार नगरेको बयान दिएकी हुन् ।


ADVERTISEMENT


अदालतमा बसमा रहेका एक वकिलका अनुसार ती नाबालिकाले अरुको उक्साहट र दबाबमा परेर नै पलविरुद्ध आरोप लगाएको बताएकी हुन् । यसअघि उनले प्रहरीसँगको बयानमा पल शाहले आफूलाई विभिन्न प्रलोभन देखाएर तनहुँको एक घरमा राती जबरजस्ती करणी गरेको बताएकी थिइन् ।


ADVERTISEMENT

# # #


पीडित नाबालिकाको तर्फबाट उनका बुवाले गत फागुन ११ मा जिल्ला प्रहरी कार्यालय, तनहुँमा जबरजस्ती करणीमा किटानी जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा फागुन १५ गते पल शाह पक्राउ परेका थिए ।

अदालतमा बयान फेरेमा ६ वर्ष कैद गर्नसक्ने कानूनी व्यवस्था रहेको छ ।