काठमाडौँ– गरिमा विकास बैंकका ग्राहकले ‘पोखरा बाटिका–क्लासिक होटल’ मा २० प्रशितसम्म छुट पाउने भएका छन् । बुधवार बैंक र होटलबीच भएको सम्झौता अनुसार, बैंकका ग्राहकले होटलबाट प्राप्त सेवा भुक्तानीमा सो छुट पाउने भएका हुन् ।


ADVERTISEMENT


नव वर्ष–२०७९ को अवसरमा आन्तरिक पर्यटन व्यवसाय उकास्ने उद्देश्यको साथ भएको सो सम्झौता अनुसार, उक्त होटलले प्रदान गर्ने विभिन्न प्रकारका रुमहरुमा ग्राहकले २०% छुट, फुड एण्ड वेभरेजमा १५% छुट साथै अन्य सेवा सुविधाहरुमा आर्कषित छुट समेत पाउन सक्नेछन् ।


ADVERTISEMENT

# # #


यसका लागि ग्राहकले बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोग गरी बिल भुक्तानी गर्नुपर्ने गरिमाले जनाएको छ । नव वर्ष–२०७९ को अवसरमा आन्तरिक पर्यटन व्यवसाय उकास्ने उद्देश्यको साथ सो सम्झौता गरिएको बैंकको भनाई छ ।

हाल गरिमा विकास बैंकले ११८ शाखा कार्यालयहरु, २ एक्स्टेन्सन काउण्टर र ५१ ए.टि.एम.बाट आफ्ना ग्राहक महानुभावहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।