काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन बिरोधीहरुलाई प्रश्न गर्दै बम पड्काउनुको कारण माग गरेका छन् । ओलीले माओवादी नेता विप्लवलाई राजा फर्काउन लागेको कि आफैं राजा बन्न खोजेको भन्ने प्रश्न तेस्र्याएका छन् ।


ADVERTISEMENT


ललितपुरको लगनखेलस्थित सभामा बोल्दै ओलीले विप्लव नेतृत्वको नेकपातर्फ संकेत गर्दै निर्वाचन नभएर के हुनुपर्ने हो भन्दै प्रश्न गरे । ” निर्वाचन नभए के हुनुपर्ने हो ?’ ओलीले भने, ‘के अब खेदिएको राजालाई ल्याएर फेरि थपक्क राखिदिनुपर्ने हो ? कि त बम पड्काउनेलाई नै ल्याएर राजा बनाइदिने हो ?’


ADVERTISEMENT

# # #


लगगनखेलमा ओलीले यस्तो प्रश्न गरिरहँदा सभास्थल छेउमा बम बिस्फोटको घटना भएको थियो ।

पूर्वप्रधानमन्त्री ओलीले निर्वाचनको बिरोध गरेर विनाशको बाटो नलाग्न भन्दै चुनाव विरोधीहरुलाई नाबालकजस्तै अञ्जान नबन्न आग्रह गरे ।

सोही कार्यक्रममा ओलीले कांग्रेसको गठबन्धन लोकतान्त्रिक गठबन्धन नभएको बताए । कयौंपटक सरकारको नेतृत्व गर्दा कांग्रेसले देशमा विनाश गरेको भन्दै अब वामपन्थीको पालो आएको बताए ।

उनले कांग्रेसले बहुमत ल्याएर सरकार बनाएको समयमा देशका सबै उद्योग बेचेको आरोप लगाउँदै कांग्रेसको वामपन्थीबिरुद्धको दक्षिणपन्थी गठबन्धन भएको बताए । ‘सञ्चारकर्मीहरुले पनि बुझ्नुभएन क्या हो,’ ओलीले भने, ‘वामपन्थीविरुद्धको गठबन्धन लोकतन्त्र नभई दक्षिणपन्थी हुन्छ, यसलाई सच्याउनुहोला ।’